२०८३ भाद्र २६ गते शुक्रवार

तुलसीपुर तरकारी बजारको उद्घाटन एमाले महासचिव पोखरेलले गर्ने

तुलसीपुर, २३ चैत्र । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आधुनिक तुलसीपुर तरकारी तथा फलफूल कृषि बजार केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उदघाटन कार्यक्रम आज (बुधबार) बिहान ८ बजे गरिने तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । बजार क्षेत्रभित्र रहेका अव्यवस्थित तरकारी तथा फलफूललगायत कृषि उपज बजारलाई व्यवस्थित गर्नका लागि १ करोड ८० लाखको लागतमा तरकारी बजारको निर्माण गरिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको तुलसीपुर मावि सेन्टर स्कुलको १० कठ्ठा जमीनलाई भाडामा लिएर बजारको निर्माण केहि समय अघि निर्माण गरिएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।