२०८३ जेष्ठ २३ गते शनिवार

प्रदेश सरकारद्धारा १ सय ६७ वन रक्षक माग

फाईल फोटो

काठमाण्डौ, ९ चैत । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले वन रक्षक पदमा दरखास्त आह्वान गरेको छ । आयोगले १ सय ६७ पदमा खुला तथा समावेशी कोटामा दरखास्त आह्वान गरेको हो । सुदूरपश्चिम प्रदेश, उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट माग भई आए अनुसार खुलातर्फ ९२, महिलातर्फ २५, आदिवासी जनजाति तर्फ २०, मधेसी १६, दलित ७, अपाङ्ग ४ र पिछडिएको क्षेत्रबाट ३ गरी १ सय ६७ कोटा छुट्याएको छ। कक्षा ८ उत्तीर्ण भई शारीरिक तन्दुरुस्ती भएका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहले चैत २९ सम्म नियमित र दोब्बर दस्तुरमा वैशाख ६ गतेसम्म अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २०७८ चैत्र ९ गते बुधवार
प्रतिक्रिया