२०८३ साउन ३ गते आइतवार

गायक सपुतले पिर गितको भिडिओबाट देहव्यापार अभिनय किन ? हटाए

फाईल फोटो

काठमाण्डौ, ६ चैत । राष्ट्रिय लोक दोहोरी गायक प्रकाश सपुतले आफ्नो गीत(पिर)को भिडिओबाट देहव्यापार सम्बन्धीको अभिनयलाई हटाउनुभएको छ ।तत्कालिन जनयुद्धमा माओवादीका पूर्व लडाकु महिलाले जीवन जिउन समस्या परेपछि यौनकर्मी बन्नुपरेको दृष्य गीतको भिडिओमा राखेपछि विभिन्न बहस र विवाद सिर्जना भएको थियो । गायक सपुतले यौनकर्मीको दृष्य हटाएर शनिवार बेलुका ‘पिर’लाई फेरि युट्युबमा अपलोड गर्नुभएको छ ।कतिपयले प्रकाश सपुतले कला मार्फत माओवादी आन्दोलनमा लागेकाहरुको यथार्थ दृष्य प्रस्तुत गरेको भन्दै सर्मथन जनाएका थिए भने माओवादी केन्द्रका नेता तथा भातृ सङ्गठनले गीतको भिडिओमा देखाईएको दृश्य प्रति आपत्ती जनाएका थिए ।

उनीहरुले उक्त गित नै युट्युवबाट हटाउनु पर्नेमा माग गरेपनि भिडिओ पुन सम्पादन गरी अपलोड गरिएको छ । भिडिओका बारेमा बहस र विवाद भएपछि गाएक सपुतले अहिलेका परिवर्तन माओवादी आन्दोलनकै कारण आएको विषय भिडिओमा समेटिएको र केहिका दुःखलाई देखाउने प्रयास गरेको भन्दै राजनीतिकरण नगरिदिन आग्रह गर्नुभएको छ । उहाले कसै प्रति पुर्वाग्राही तथा लक्षित नभई बास्तविक सामाजिक समस्यालाई गित मार्फत उजागर गर्न खोजेको बताउनुभएको छ । तर गितको नकारात्मक व्याख्या तथा टिकाटिप्पनी भएको हुदा आफुले गितको भिडिओबाट उक्त अभिनय हटाउनु परेको सामाजिक संजाल फेसबुक मार्फत उल्लेख गर्नुभएको छ ।

जुन दृश्यमा गलत व्याख्या गरिएको छ त्यहि मात्रै हटाईएको बाँकी भिडिओमा समाजको बास्तविकता चित्रण यथावत रहेको उहाले उल्लेख गर्नुभएको छ । गत शनिवार मात्रै सार्वजनिक भएको यो गित ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया आएको , एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने निर्णय गरेको छु, उहाले फेसबकमा उल्लेख गर्नुभएको छ । केहि दृष्यमाथीको आलोचना, व्यापक चर्चा सहित व्यवसायिक सफल भएको गित र भिडियो त हटाएको छु तर गित र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन १ आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन ।

 

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार
प्रतिक्रिया