तुलसीपुर, १० साउन । दाङमा कर छली गरी ल्याएका इलेक्ट्रोनिक सामान प्रहरीले बरामद गरेको छ । गढवा गाउँपालिका १ कालाकाटे स्थित पुर्व – पश्चिम राजमार्गमा अस्थाई प्रहरी पोष्ट कालाकाटे दाङबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ देखी दाङ तर्फ आउदै गरेको सवारी साधन चेकजाँच गर्ने क्रममा बिल बिजक नभएको मोवाईल फोनमा प्रयोग हुने इलेक्ट्रोनिक सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभयो ।
उहाका अनुसार मोवाएलमा प्रयोग हुने डिस्पेले १४८ थान -प्रति थान अन्दाजी मुल्य रु ३,००० का दरले जम्मा चार लाख चवालिस हजार मुल्य बराबरको अवैध इलेक्ट्रोनिक सामान बरामद गरिएको हो । कर छली गरी ल्याईएका उक्त सामानहरुको बारेमा आबश्यक अनुसन्धान भईरहेको उहाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८३ साउन १० गते आइतवार





