२०८३ साउन ११ गते सोमवार

देशभर थपिए २ सय २४ नयाँ सङ्क्रमित, २४ घन्टामा मृत्यु हुनेको सङ्ख्या शून्य

काठमाडौ, २५ फागुन । नेपालमा थप २ सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १० हजार ९२ कोरोना परीक्षण गरिएको छ । जसमा ६ हजार ९ सय ३६ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ६८ र ३ हजार १ सय ५६ एन्टीजेन परीक्षण गर्दा १ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । यस्तै गत २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ भने २ सय ५१ स्वस्थ भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ५० हजार ६७ पुगेको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार
प्रतिक्रिया