२०८३ कार्तिक ११ गते बुधवार

शान्तिनगरमा ७ दिने च्याउ उत्पादन तालिम सम्पन्न

फाईल फोटो

तुलसीपुर,२५ फागुन । पश्चिम दाङमा गरिबी निवारणका लागी लघु उद्यम विकाश कार्यक्रम अन्र्तगत ७ दिने च्याउ उत्पादन सम्बन्धि तालिम शान्तिनगर ७ बुराडावरमा सम्पन्न भएको छ । शान्तिनगर गाउँपालिकाको आर्थिक सहयोग तथा इनो भेटिभ सर्भिस कन्सल्ट प्रा.लि दाङको आयोजनामा मंगलवार तालिम सम्पन्न भएको हो । इनो भेटिभ सर्भिस कन्सल्ट प्रा.लि का अध्यक्ष राजेन्द्र कुमार रायमाझिको अध्यक्षता तथा शान्तिनगर गाउँपालिका वडा अध्यक्ष कमान सिंह डाँगीको प्रमुख आतिथ्यतामा भएको समापन तालिममा सिकेको सिपलाई ब्यवहारमा लागु गरेर आत्म निर्भर बन्नु पर्नेमा जोड दिएका थिए । सो अवसरमा शान्तिनगर गाउँपालिका प्रसाशकिय अधिकृत रेमन्त बहादुर डाँगी,प्रशिक्षक सिता चौधरी र तालिममा सहभागी टेकुला चौधरी लगाएतले आफ्ना भनाई राख्नु भएको थियो । ६ जना प्रशिक्षार्थी लाभान्बित भएको तालिमको समापन कार्यक्रम संचालन उद्यम विकास सहजकर्ता टोप कुमारी चौधरीले गर्नुभएको त्यहाँबाट टेकुलाल चौधरीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।