तुलसीपुर, ५ माघ । संगित नगर टोल विकास संसथाको ९ औ साधारणसभा तथा छैठौ अधिवेशन तुलसीपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओपेन्द्र बस्नेतको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका ५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहको प्रमुख आथित्यमा साधारण सभा भएको थियो ।
सो अवसरमा सचिव छवि परियारले प्रगति र कोषाध्यक्ष गणेश पुनले आर्थिक प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ज्ञानज्योति आधारभुत विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विक, नवसर्जना टोल विकास संस्थाका अध्यक्ष निर्मल नेपाली, संयुक्त दलित युवा अभियानका सहसंयोजक शेरबहादुर परियार, नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधी सुरज वली लगाएतले बोल्नु भएको थियो ।
११ सदस्य नया कार्य समिति गठन
यसैबिच साधारणसभाले छवि परियारको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा हरिबहादुर पुन, गिता पुन, नेत्र बस्नेत, सचिवमा अमर परियार, कोषाध्यक्ष मनोज बस्नेत र सहसचिवमा सुमित्रा विक रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा भिमा विक, हिरा कँवर, चामरे दमाई , देवी विक, केशरी नेपाली र कमला विक रहनु भएको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।