२०८३ मङ्सिर ९ गते बुधवार

लालपुर्जा बितरणकालागि भूमि आयोग र तुलसीपुर उपमहानगरबीच सम्झौता

तुलसीपुर, २४ पुष ।लालपुर्जा बितरणका लागि राष्ट्रिय भूमि आयोग र तुलसीपुर उपमहानगरपालिका बीच सम्झौता भएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थीत बसोबासीलाई व्यवस्थापन गर्न उपमहानगरपालिकाबीच शनिबार काठमान्डौमा सम्झौता भएको हो । सम्झौतापत्रमा आयोगका अधयक्ष केशव निरौला र उपमहानगरको तर्फबाट नगर प्रमुख घनश्याम पाण्डे र प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलबीच हस्ताक्षर गरिएको छ ।

यो संगै स्थानीय तहलाई भूमि सम्बन्धि कार्य अघि बढाउन सहज भएको छ । शेरबहादुर देउवाको नेतृत्वमा वनेको सरकारले केपि ओली नेतृत्वमा बनेको सरकारले गठन गरेको भूमि आयोग साउन १९ गते खारेज गरेपछि भूमि सम्बन्धी सबै काम प्रभावित बनेको थियो ।
अव उपमहानगरले भूमिहीन दलित, भूमिहीन सुकम्बासी र अव्यवस्थीत बसोबासीको पहिचान, लगत संकलन र प्रमाणीकरणको काम अघि बढाउने नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । यस अघि नै उपमहानगरका १९ वडामा झण्डै १८ हजारको हाराहारीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थीत बसोबासीको पहिचानका लागि लगत संकलन भइसकेको छ । यसैबिच आजै तुलसीपुर उपमहानगरपालिका, बबई गाउँपालिका, घोराही उपमहानगरपालिका र दंगीशरण गाउँपालिका पहिलो चरणको सम्झौता भएको छ ।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।