२०८३ मङ्सिर ९ गते बुधवार

शिक्षक र विद्यार्थीलाई कोरोना देखिएपछि मावि अश्वारा स्कुल बन्द

तुलसीपुर, २१ पुष । तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वारा माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ ।

विद्यालयका ५ जना शिक्षक र ५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय पाँच दिनका लागि बन्द गरिएको तुलसीपुर उपमहानगरपालिका अन्तर्गत रहेको शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिनुभयो ।

तुलसीपुर मेट्रो हस्पिटलमा एक सय ६ जना विद्यार्थी र शिक्षकलाई एन्टीजेन जाँच गर्दा १० जनामा कोरोना पोजिटिभ देखिएको कोभिड फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो समय कोरोना संक्रमणको दर तुलसीपुरमा बढ्न थालेको छ । तीनदिनको अवधिमा तुलसीपुरमा २५ जना कोभिडका बिरामी भेटिएका छन् । विद्यालय पुष २४ गतेसम्म बन्द गरिएको छ ।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।