कडा आन्दोलन गर्छौ : वन महासंघकी अध्यक्ष पाठक

तुलसीपुर, १३ पुष । सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले आफ्ना मागको सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । दाङको तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पाठकले वनमा न्युरो, घोंगी टिप्न र माछा मार्न गएका आदीबासी, जनजाती, दलितहरुलाई गोली हानेर मारेको भन्दै मान्छे भन्दा जनबार ठूलो देख्ने सरकारका बिरुद्ध आन्दोलन गर्नुको विकल्प नभएको बताउनुभयो ।
वर्षेनी जंगली जनबारको आक्रमणमा परेर मृत्यु तथा घाइते भएकाहरुको क्षेतिपूर्तिका लागि समेत राज्य उदासिन भएको निकुञ्ज र बफज जोनमा नजिकै बसोबास गर्ने नागरिकलाई पानी खोलाबाट पानी समेत ल्याउन नदिएर अमानिवय व्यवहार गरेको अध्यक्ष पाठकले बताउनुभयो ।

‘आज न्युरो टिप्न गएका । घोँगी टिप्न गएका र माछा मार्नका गएका आदीबासी जनजातीलाई गोलि हानेर मारिएको छ । निकुञ्च आसपास क्षेत्रमा वस्ती छ भन्ने थाह सरकारलाई छैन ?,’ वन महासंघकी अध्यक्ष पाठकले भन्नुभयो– ‘ संघिय सरकारले वन नियमावलीको खिलापमा काम गरिरहेको छ । हामीले वनमन्त्री देखि प्रधानमन्त्रीलाई समेत भेटेर खबरदारी गरेका छौं । यदि सुनुवाई नभए पुस महिनादेखि आन्दोलन सुरु गर्छौ ।’

निकुञ्ज र वन सरक्षणका नाममा सामुदायिक वनबाट जनताको अधिकार खोस्ने सरकारका बिरुद्ध देशभरका २२ हजार बढी सामुदायिक वन समूहलाई सडकमा उतार्ने उहाँले बताउनुभयो । वन पाल्दै आएका उपभोक्तालाई गोठालो मात्रै बनाउने र ढलापरेका रुखहरु समेत उठाउन नदिनुका साथै दोहोराे टाँचाको व्यवस्था गरेर उपभोक्तालाई दुःखदिने काम गरेको बताउनुभयो । महिला, दलित, आदीबासी–जनताजीको अधिकार सुनिश्चित नहुुँदासम्म आफुहरुको आन्दोलन जारी रहने उहाँले बताउनुभयो । स्थानीय सामुदायिक वन उपभोक्ता महासंघ तुलसीपुरका अध्यक्ष चन्द्रबहादुर वलीको अध्यक्षतमा भएको कार्यक्रमको संहजीकरण पत्रकार ओपेन्द्र बस्नेतले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ पुष १३ गते मङ्गलवार
प्रतिक्रिया