२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुर महोत्सवमा स्थानीय कलाकारलाई प्राथमिकता दिने

तुलसीपुर, १५ मंसिर । तुलसीपुर चेम्बर अफ कमर्सले महोत्सव अवधिभर दैनिक एक घण्टा स्थानिय कलाकारलाई स्थान दिने भएको छ । कमर्सको बुधबार विहान बसेको बैठकले यस्तो निर्णय गरेको हो । तुलसीपुरमा आउँदो पौष १ गते देखि १२ गतेसम्म हुन लागेको प्रथम ऐतिहासिक तुलसीपुर २०७८ मा स्थानिय कलाकारहरुलाई प्राथमिकता दिने निर्णय भएको छ ।

सांस्कृतिक उपसमितिका संयोजक सन्तोष कुमार खड्काको अध्यक्षतामा बसेको बैठकले अन्तर जिल्ला लोकदोहोरी प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेकाे  छ । साथै प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई पुरस्कार समेत प्रदान गर्ने निर्णय गरेको छ ।

प्रथम पुरस्कार ३० हजार, द्धितिय पुरस्कार २० हजार, तृतिय पुरस्कार १० हजार र सान्त्वना पुरस्कार ५ हजार प्रदान गर्ने निर्णय गरेको सांस्कृतिक उपसमितिले जनाएको छ । समितिले उक्त प्रतियोगिताको लागि प्रेम प्रकाश मल्ललाई संयोजक र वाद्ययवादक संयोजक खुमेन्द्र पुन मगरलाई दिने निर्णय भएको छ । महोत्सव आउँदो पौष १ गतेदेखी १२ गतेसम्म संचालन हुन आयोजकले बताएको ।

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।