तुलसीपुर पेट्रोल पम्पको शिलान्यास

तुलसीपुर, २९ कात्तिक । तुलसीपुर पेट्रोल पम्पको शिलान्यास गरिएको छ । २ करोड लागतमा निर्माण हुन लागेको पम्पको शिलान्यास तुलसीपुर उपहानगरपालिका उप प्रमुख माया शर्माले गर्नुभएको हो । उपप्रमुख शर्माले व्यापारसंगै पेट्रोलियम पदार्थको सुद्धतामा पनि ध्यान दिन संचालकलाई आग्रह गर्नुभयो ।
पेट्रोल पम्प संचालनका लागि रामप्रसाद चालिसे, गेहेन्द्र गिरी र निमबहादुर केसीले संयुक्त लगानी रहेको छ ।

सो अवसरमा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, नेकपा एमाले तुलसीपर–५ वडा कमिटी अध्यक्ष पदम पोख्रेल (जुठुकान्छु) लगाएले बोलेका थिए । तुलसीपुरको बसपार्कमा बनेको पेट्रोल पम्प यो पहिलो हो ।

प्रकाशित मिति : २०७८ कार्तिक २९ गते सोमवार
प्रतिक्रिया