तुलसीपुर,१६ कार्तिक / उच्च अदालत तुलसीपुरले एक महिनाभित्र निर्वाचन गराउन तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नाममा परमादेश आदेश जारी गरेको छ । तर त्यसका लागि संस्थाले साधारणसभा बोलाएर आर्थिक प्रतिवेदन पारित गर्नुपर्ने छ ।
न्यायाधीश द्धोय नसरुल्लाह अंसारी र रमेशराज पोखरेलको संयुक्त इजलासले आदेश पत्र बुझेको एक महिनाभित्र आर्थिक प्रतिवेदन पारित गरेर निर्वाचन गराउन खानेपानीका नाममा परमादेश आदेश जारी गरेको उच्च अदालतका प्रवक्ता भुपाल भण्डारीले जानकारी दिनुभयो ।
तुलसीपुर खानेपानीले साधारणसभा बोलाएर निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि उक्त कार्य रोक्न भन्दै २०७७ फागुन १२ गते उच्चमा निवेदन परेको थियो । संस्थाका अध्यक्ष खेमराज वलीले काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिएपछि तुलसीपुर खानेपानी अहिले नेतृत्व बिहीन भएको छ । यद्यपी उच्चको पछिल्लो फैसलाले पुनः पार्सदको भेला बोलाएर आर्थिक प्रतिवेदन पारित गराउन नैतिक दबाब परेको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।