तुलसीपुर, १४ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङले बिजौरी हत्याकाण्डका सहिदहरुको सम्झनामा कार्यक्रम गर्ने भएको छ । कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेल आउने कार्यक्रम रहेको तुलसीपुर नगर कमिटी अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । बिजौरीमा दिनको ११ बजे कार्यक्रमको आयोजना गरिएको पार्टीले जनाएको छ ।
यसैबिच पार्टीका सचिव मनोहर बुढाथोकीले कार्यक्रममा उपस्थित हुन पार्टीका नेता, अगुवा कार्यकर्ता, पार्टी सदस्य, समर्थक तथा शुभचिन्तक सबैमा अनुरोध गरिएको छ ।
२०५१ साल कार्तिक १७ गते भएको बिजौरी हत्याकाण्डमा कृष्ण चौधरी, पुष्प घिमिरे, नारायण चौधरीको हत्या भएको थियो भने ३६ जना एमालेका नेता तथा कार्यकर्ता घाइते भएका थिए । तत्कालिन मध्यावधी निर्वाचनको समयमा नेपाली कांग्रेसको ज्याजती बिरुद्ध आयोजित शान्तिपूर्ण जुलुशमाथि तत्कालिन निर्माण तथा यातायातमन्त्री खुमबहादु खड्काको निर्देशनमा बिजौरी हत्याकाण्ड भएको नेकपा एमाले दाङले दाबी गर्दै आएको छ ।
तत्कालिन समयमा निर्वाचन क्षेत्र नं ३ बाट एमालेबाट शंकर पोखरेल र कांग्रेसबाट दिपक गिरी चुनाबी मैदानमा उत्रिएका थिए । बिजौरी हत्यकाकाण्डका कारण बलियो शक्तिका रुमपा रहेको कांग्रेसले तत्कालिन समयमा निर्वाचनमा पराजय भोग्नु परेको थियो ।
राष्ट्रिय युवा संघको भेला तुलसीपुरमा हुँदै
दाङको तुलसीपुरमा युवा भेला तथा प्रशिक्षण कार्यक्रम हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल दाङ जिल्लाको आयोजनामा तुलसीपुरको बिएस पाटी प्यालेसमा युवा भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको युवा संघका जिल्ला अध्यक्ष देबु बस्नेतले जानकारी दिनुभयो ।
१२ बजे हुने कार्यक्रमलाई एमाले नेता शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैबिच युवा संघले कार्यक्रममा सहभागिताका सबैमा अनुरोध गरेको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।