तुलसीपर, १३ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तुलसीपुर नगर कमिटीको प्रथम बैठक विभिन्न निर्णयहरु गदै सम्पन्न भएको छ । बैठकको पहिलो निर्णय किसानलाई राहतका लागि पहल गर्ने गरेको रहेको छ । बर्षातका कारण दाङमा धानबालीमा ठूलो क्षेति पुगेपछि किसानहरु मर्कामा परेको भन्दै राहतका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारसंग जोडदार रुपमा पहल गर्ने निर्णय गरेको हो । त्यसका लागि १९ वटै वडामा वडाकमिटी मार्फत क्षेतिको बिबरण संकलन गर्ने र त्यसैका आधारमा राहतका लागि पहल गर्ने भएको छ ।
नगर कमिटीका अध्यक्ष माधव वलीको अध्यक्षता तथा नेकपा एमाले राष्ट्रिय सल्लाहकार परिषदका सदस्य छविलाल वलीको प्रमुख आथित्यमा बैठक सम्पन्न भएको थियो । बैठकले तुलसीपुर उपमहानगरका १९ वटै वडामा पार्टीको सम्पर्क कार्यालय खोल्ने, पार्टीलाई गतिशील र चलायमान बनाउन प्रत्यक वडामा टोल कमिटी गठन गर्ने, नगर अधिवेशनलाई सफल बनाउन सहयोग गर्ने सबैमा धन्यावद ज्ञापन गर्ने र देउसीभैलो खेल्ने निर्णय समेत गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै नेताहरुले जनतालाई प्रथमिकतामा राखेर अघि बढेमा पार्टी समृद्ध हुने र पार्टी समृद्ध भएमा देश समृद्ध हुनेकुरामा जोड दिएका थिए । सो अवसरमा राष्ट्रिय सभा सदस्य कोमल वली, पार्टी अध्यक्ष टिकाराम खड्का, पार्टी जिल्ला सचिव मनोहर बुढाथोकी, एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य टोपेन्द्र केसी, तुलसीपुरका पूर्व मेयर ढुण्डिराज लामीछाने, निर्वाचन अध्यक्ष मण्डलका सदस्य श्याम डाँगी, निर्वाचान संयोजक पुष्कर भण्डारी लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण सचिव रुपबहादुर खत्रीले गर्नुभएको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।