२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरका १९ वडामा को को अध्यक्ष भए ? (नाम सहित )

तुलसीपुर, ६ कार्तिक । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका अन्तर्गत रहेका १९ वटा वडामा सर्वसहमत नेतृत्व चयन भएको छ । जसअनुसार  वडा नं १ मा वीरेन्द्र धिताल , २ मा टीकाराम कडेल, ३ मा लिलाधर खरेल, ४ मा घनबहादुर पुन, ५ मा पदम पोख्रेल (जेठुकान्छु,) ६ मा यज्ञबहादुर बस्नेत, ७ मा खगेश्वर पराजुली, ८ मा टोप बहादुर वली, ९ मा मुक्ती प्रसाद भट्टराई, १० मा आत्माराम धिताल, ११ मा भागीराम चौधरी, १२ मा मान बहादुर केसी  अध्यक्षमा  चन भएकाे नगर अध्यक्ष  केशव सापकाेटाले जानकारी दिनुभयाे ।

त्यसैगरी  वडा न‌ं‍ १३ मा खिमकान्त पाण्डे, १४ मा कृष्ण बहादुर केसी, १५ मा रुपलाल चौधरी, १६ मा प्रेम पुन, १७ मा कमल बहादुर घर्ती, १८ मा मुक्त बहादुर वली मुकेश र १९ मा बिमल रेग्मी सर्वसहमत अध्यक्षमा चयन  हुनुभएको छ । वडा अधिवेसनहरुलाई राष्ट्रि सभा सदस्य कोमल वली, एमाले दाङका अध्यक्ष टीकाराम खड्का, उपाध्यक्ष हुकुम बस्नेत, नगर प्रमुख घनश्याम पाण्डे लगाएतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । वडा अधिवेशन एकैपटक एउटै समयमा बिहान ११ बजे सुरु भएको थियो ।

प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।