तुलसीपुर, ९ असोज । सहयोगी बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा तुलसीपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रुपबहादुर खत्रीको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नगर प्रमुख घनश्याम पाण्डेले बचत गर्ने, ऋण लिने र ब्याज तिर्ने मात्रैभन्दा पनि लिएको ऋणलाई उद्यममा लगाउनु पर्ने बताउनुभयो । सामुहिक लगानी बिना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने भन्दै पाण्डेले सानो पूँजिमा रहेका सहकारीलाई ठूलो सहकारीमा मर्ज आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा तुलसीपुर उद्योगाबाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, जिल्ला सहकारी संघका लेखासुपरिबेक्षण समितिका संयोजक हेमराज गौतम, नेपाल बचत तथा ऋण केन्द्रिय सहरीकारी संघ दाङ फिल्ड कार्यालय सदस्य रमा आचार्य, जिल्ला बचत संघका दुर्गा प्रसाद भण्डारी, राष्ट्रिय सहकारी बैंक तुलसीपुरका प्रमख अजय रोकाय, रारा बचत तथा ऋण सहकारी संस्थाका सचिव जित बहादुर खडका, लेखा संयोजक लालबहादुर केसी, लगाएतले बोल्नु भएको थियो । सो अवसरमा सचिव दुर्गा प्रसाद शर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष पहल बहादुर रोकाहाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक खली खत्री, चित्र बहादुर घर्तीलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट बचत तर्फ शोभा कडेल, बीरबहादुर वली, असल ऋणीतर्फ मनकली वली, चडामणी भण्डारीलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट बालबच तर्फ इभा केसी र दिनेश वलीलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने धीरज केसी, रिता कुमारी खत्री र जीतु खत्री स्मृति अक्षय कोषबाट कक्षा १२ मा अध्यनरत गरिब तथा जेहन्दार छात्राछात्र तर्फ संजय कडेल र विभूति वलीलाई सम्मान गरिएको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।