तुलसीपुरका मेयर हावाहुरी प्रभावित किसानको तरकारी बारीमा

तुलसीपुर, ३० । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे हावाहुरी प्रभावित किसानको बारीमा पुग्नु भएको छ । मंगलबार हावाहुरीसंगै आएको पानीले तुलसीपुर उपमहानगरपालिका–३ भट्टेमा डेढ विघाह क्षेफलमा लगएको टमाटर खेतिमा क्षेति पु¥याएपछि नगर प्रमुख पाण्डे हावाहुरी प्रभावित किसानको बारीमा पुगेर क्षेतिको जानकारी लिनुभएको ।

किसानहरुलाई नआत्तिन सुझाउँदै नगर प्रमुख पाण्डेले कृषि प्राविधिकलाई क्षेतिको एकिन मुल्याङ्कन गर्न लगाएर आवश्यक राहतका लागि प्रकृया अघि बढाउने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका–३ का वडाध्यक्ष विजय विक पनि नगर प्रमुख पाण्डेसंगै पिडित किसानकोमा पुग्नु भएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र तुलसीपुर उपमहानगर पालिकाको सहयोगमा गएको चैत्रमहिनादेखि तरकारी ब्लकको रुपमा त्यहाँका २५ घरधुरी किसानले व्यवसायीक तरकारी खेति गर्दै आइरहेका छन् । जसमध्य १४ जना किसानले लगाएको टमाटर खेतिमा हावाहुरीले पूर्णरुपमा क्षेति पु¥याएको छ । हावाहुरीले ४० लाख बढीको क्षेति पुर्याएको भट्टे कृषी सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर वलीले जानकारी दिनुभयो । हावाहुरीले लटरम्म फलेका टमाटरका बिरुवा ढालेको छ भने टमाटरलाई छोपेका टनेल उडाएर क्षेति पुर्याएको छ ।

“मेयरसाव घरमै आएर तपाईहरु नआत्तिनुस चिन्ता पनि नगर्नुस । भन्दा हामीलाई धेरै खुशी लागेको छ,” सहकारीका अध्यक्ष वलीले भन्नुभयो –“राहात आउला नआउला त्यो पछिको कुरा हो । तर कम्तिमा दुःखपर्दा हामीलाई सम्झैर आउनुभयो त्यो नै ठूलो कुरा हो । ”

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार
प्रतिक्रिया