भट्टेमा ४० लाख बराबारको टमाटरमा क्षेति

तुलसीपुर, ३० भदौ । हावाहुरीसंगै आएको पानीले तुलसीपुर उपमहानगरपालिका–३ भट्टेमा किसानले लगाएको टमाटरमा ठूलो क्षेति पुगेको छ । हावाहुरीका कारण किसानले लगाएको टमाटर खेतिमा करिब ४० लाखको क्षेति पुगेको किसान कर्णबहादुर वलीले जानकारी दिनुभयो । बिक्रीका लागि तयारी हुँदै गरेको टमाटरमा क्षेति पुगेपछि किसानहरु चिन्तित भएका छन् । हावाहुरीले टमाटर छोप्न प्रयोग गरिएको टनेल उडाएको छ भने लटरम्म फलेको टमाटरका बिरुवाहरु सबै ढलेका छन् ।

भिमबहादुर वली, केशर वली, भागीराम रोका ,नन्दकली मल्ल, हरीबहादुर वली, नर्सीङ कामी, सुदिव विक, कर्णबहादुर वली, शेरबहादुर वली, मानबहादुर चन्द, पर्शु खत्री, भूमा खड्का, लालबहादुर पुन लगाएतका किसानले लगाएको टमाटरमा क्षेति पुगेको हो । टमाटर खेतिमा क्षेति पुगेपछि किसानहरुले क्षेतिपूर्तिका सम्बन्धित निकायसंग माग गरेका छन् । फल फल्ने अवस्थामा ल्याउँदासम्म प्रति किसान एक लाखदेखि ६ लाखसम्म खर्च लागेको भन्दै राहतका लागि किसानहरुले तुलसीपुर उपमहानगरपालिका, वडा कार्याल र कृषी कार्यालयलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार
प्रतिक्रिया