२०८३ मङ्सिर ९ गते बुधवार

मालपोत, नापी र यातायातलाई दोघरेमा जग्गा दिने निर्णय

तुलसीपुरको मालपोत, नापी र यातायात दोघरेमा सर्ने

तुलसीपुर, २१ भदौ । तुलसीपुरका विभिन्न ठाउँमा सेवा प्रवाह गरिरहेका मोलपोत, नापी र यातायात व्यवस्था कार्यालयलाई दोघरेमा लैजाने तयारी गरिएको छ । तुलसीपुर नगर विकास समितिका अध्यक्ष तथा नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले यी कार्यालयहरुको आफ्नै भवन नभएकाले समितिको नाममा दर्ता श्रेष्ता रहेको दोघरे जग्गा एकिरणमा जग्गा दिने निर्णय गरेपछि यी कार्यालयहरु दोघरे जाने भएका हुन् । जनताको सबैभन्दा बढी चाप हुने मालपोत, नापी र यातायात व्यवस्था कार्यालयको आफ्नै भवन नहुँदा कार्यसम्पादनमा कठिनाई भइरहेकाले कार्यालयलाई आवश्यक पर्ने न्युनतम दिने निर्णय भएको हो ।

नगर विकास समितिका प्रमुख लिलाधर शिवाकोटीका अनुसार मालपोतलाई ९७४.२५ बर्ग मिटर, ७७४बर्ग मिटर नापीलाई र ९५४ बर्ग मिटर जग्गा यातायात व्यवस्था कार्यालयलाई उपलब्ध गराईने भएको छ । जग्गा निशुल्क रुपमा उपलब्ध गराईनेछ । यी कार्यालयहरुको आफ्नै भवन नहुँदा विभिन्न ठाउँमा सदै सेवा दिदै आइरहेका छन् । जग्गा उपलब्ध पछि भवन निर्माण भएमा यी कार्यालयहरुक स्थिर रुपमा संचालन हुँदै आउने र एक ठाउँबाट अर्को ठाउँमा सर्ने बाध्यता टर्ने विश्वास गरिएको छ ।

त्यसैगरी नगर विकास समितिले व्यपारीको पक्षमा पनि निर्णय गरेको छ । कोभिडका कारण प्रभावित भएकाहरुलाई राहत प्रदान गर्न एक महिनको घर भाडा छुट दिने, घरभाडा बुझाउन बाँकी भएकाहरुले भदौ मसान्तभित्र बुझाईसक्नु पर्ने र यो बर्ष घरभाडा नबढाउने निर्णय पनि गरेको छ ।

त्यसैगरी नयाँ शहर विकासका लागि यस नगर विकासको जग्गाभित्र स्थानको छनौटगरि ल्याण्ड फुलिङग, कार्यक्रम संचालनका लागि संघ, प्रदेश लगाएतका सरोकारवाला निकायमा पहल गर्ने भएको छ भने दोघरे जग्गा एकिरण कार्यक्रम भित्र अथिति गृह, पुस्तकालय, किरियापुत्री भवन, दिवासेवा केन्द्र, स्थानीय आपतकालिन सेवा, पुस्तकालय संचालनका लागि पनि जग्गा उपलब्ध गराउने निर्णय गरिएको नगर विकास समिति अन्र्तगत रहेको उपभोक्ता समितिका अध्यक्ष दिनेश कुमार डाँगीले बताउनुभयो ।व्यवस्थीत शहर अन्र्तगत दोघरे जग्गा एकिरण अयोजनामा पार्क निर्माण, कालोपत्रे गर्ने , खानेपानीको व्यवस्थित लाइन विस्तार, सडक वत्ती , सडक हरियाली र फुटपात निर्माण पनि गरिने भएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।