तुलसीपुरमा भएको सवारी दुर्घटनामा ३ जना घाइते

तुलसीपुर, १५ भदौ । तुलसीपुरको कृष्ण मन्दिरमा भएको सवारी दुर्घटनामा एक बालिका सहित ३ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ टिकरी निबासी ७ बर्षकी जेनिसा कवँर, ३५ बर्षकी अमृता सुनार र तुलसीपुर उपमहानगरपालिका–१ सुनपुर निबासी विपी नेपाली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुरबाट भमके जाँदै गरेको रा१ह २६६१ नम्बरको अटो रिक्सालाई र सोहि दिसाबाट गइरहेको रा१ह ४२४६ नम्बरको अटोरिक्सा ठोक्किदा दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार
प्रतिक्रिया