२०८३ मङ्सिर ९ गते बुधवार

आधारभूत पत्रकारिता तालिम सम्पन्न

तुलसीपुर, एक दिने आधारभूत पत्रकारिता तालिम तुलसीपुरमा सम्पन्न भएको छ । ग्रिन फाउण्डेसन दाङको आयोजनामा भएको तालिममा समाचार, समाचार संकलन, समाचारका स्रोतहरु, समचारका तत्वहरुल गाएतका विषयमा ओपेन्द्र बस्नेत र खोजी पत्रकारिताका विषयमा वसन्त विवस आचार्य, सामुदायिक वनको कार्ययोजना र विधानका विषयमा ग्रिन फाउण्डेसन परियोजना प्रमुख तेजराज वलीले प्रशिक्षण दिनुभएको थियो ।

प्रत्येक सामुदायीक वन समूहमा खट्ने ग्रिण फाउण्डेसनका सहजकर्ताहरुलाई पत्रकारिताका विषयमा आधारभूत ज्ञान दिने उद्देश्यले तालिम आयोजना गरिएको हो । ग्रिण फाउण्डेसनकाका परियोजना प्रमुख तेजराज वलीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आथित्यमा तालिम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०७८ साउन २३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।