तुलसीपुर, १० असार । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखी व्यवसाय सञ्चालन गर्ने साना तथा लघु उद्यमीहरुलाई व्याजमा ५ प्रतिशत अनुदान दिने भएको छ । त्यसको लागी आवश्यक बजेट विनियोजन गरिएको छ । स्थानीय लघु उद्यम विकास गर्न विभिन्न कोष, बैंक तथा वित्तिय संस्थाबाट १० लाख सम्म ऋण लिई व्यवसाय सञ्चालन गर्ने साना तथा लघु उद्यमीहरुलाई व्याजमा ५ प्रतिशत अनुदान प्रदान गर्न आवश्यक बजेट विनियोयान गरिएको छ ।
यस्तै स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्योगको स्तर उन्नतीका लागि आवश्यक बजेट विनियोजन, तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ जिनवागाँउमा संघ तथा प्रदेश सरकारसँगको सहकार्यमा तुलसीपुर औद्योगिकग्रामको निर्माण तथा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन अनुसार कार्य अगडाी बढाउनका लागि आवश्यक लाख बजेट विनियोजन गरिएको छ ।
साथै निजी क्षेत्र, सहकारी र समुहको सहकार्यमा कृषि बन उद्योग ग्रामको सम्भाव्यता अध्ययन गर्नका लागि आवश्यक बजेट विनियोजन, मेयर युवा उद्यमशिलता र उपमेयर महिला उद्यमशिलता कार्यक्रम सञ्चालन तथा प्रबद्र्धन गर्न १ करोड बजेट विनियोजन, तुलसीपुर उपमहानगरपालिका भित्रका सफल उद्यमी सम्मान कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न कोसेली घर व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।