मुल्य बढेको गुनासो आएपछि तुलसीपुर बजार अनुगमण

तुलसीपुर, २१ जेठ । बजारमा उपभोग्य बस्तुको मुल्य बढेको गुनासो आएपछि तुलसीपुर बजार अनुगमण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया शर्माको नेतृत्वमा बजारका पाँच वटा पसलमा अनुगमण गरिएको हो । अनुगमणका क्रममा उपभोग्य वस्तुको उत्पादन र म्याद नाघ्ने मिति, बजार मुल्य, उपभोग्य वस्तु खरिद गरेको बिल, अनुमतिपत्र, नबिकरण लगाएतका आवश्यक कागजात समेतको चेकजाँच गरिएको थियो ।

सो अवसरमा कम्पनिबाट नै मुल्य वृद्धी भएर आएका कारण बजारमा मुल्य बढेकाले सम्बन्धित निकायमा बुझ्ने अनुगमणमा सहभागी हुनु भएका साहयक प्रमुख जिल्ला अधिकारी चिरनजीवी रानाले जानकारी दिनुभयो । अनुगमण टोलिले रुबि, विजय, रहिमउल्ला, पूर्णीमा सप्लायर्स लगाएतका पसलमा अनुगमण गरेको थियो । अुनगमणका कक्रममा सन्तोषजनक अवस्था रहेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष केशव कुमार शर्माले जानकारी दिनुभयो ।

अनुगमणका क्रममा बाणिज्यसंघका पदाधिकारी, सुरक्षाकर्मी, उपभोक्ता हित संरक्षणका प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले जानकारी दिनुभयो ।

उपभोग्य बस्तुको मुल्यका बिषयमा उपभोक्तसंग जानकारी लिदै तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया शर्मा ।

प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते शुक्रवार
प्रतिक्रिया