२०८३ भाद्र १० गते बुधवार

मेरो एक हजार अभियान अन्तर्गत ११ लाख संकलन

तुलसीपुर, १६ जेठ । अक्सिजनका लागि मेरो एक हजार रुपैयाँ अभियान अन्तर्गत आइतबारसम्म ११ लाख बढी आर्थिक संकलन भएको छ । अक्सिजनका लागि मेरो एक हजार अभियानका अभियान्ता पदम पोख्रेल (जेठुकान्छु)ले आइतबार मात्रै एक लाख ९९ हजार ८ सय ९ रुपैयाँ तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।

यस अघि तीनपटक गरेर ९ लाख २८ हजार ७३ रुपैयाँ तुलसीपुर मेट्रो अस्पताललाई हस्तान्तरण अभियन्ता पोख्रेलले बताउनुभयो । तुलसीपुरमा चरम रुपमा अक्सिजन अभावका कारण नागरिककको मृत्यु हुन थालेपछि युवा व्यवसायी पोख्रेलले अक्सिजनका लागि मेरो एक हजार रुपैयाँ अभियान संचालन गर्नु भएको थियो । मेर एक हजार अभियानमा तुलसीपुर लगाएत विदेशमा रहेका नागरिकहरुले स्वतस्र्फूत रुपमा सहयोग गरेका छन् ।
तुलसीपुर उपमहागनरपालिका–८ अश्वारामा रहेको भिमसेन शहरी पर्वद्धन केन्द्र अन्तर्गत मेट्रो अस्पतालमा संचालित अक्सिजन सहितको कोरोना आइसोलेसनमा व्यवस्थापनका लागि सरसफाई अभियन्ता बिमल रिजालको संयोजकत्वमा तुलसीपुर अक्सिजन बैङ सहयोग समिति, तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वलीको संयोजकत्वमा कोभिड विपत व्यवस्थापन कोष लगाएतका आपतकालिन विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ ।

समितिहरुले कोरोना माहामारी नियन्त्रणका लागि सुरुदेखि नै निरन्तर रुपमा काम गरिरहेको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो । यसै बिच नगर प्रमुख पाण्डे पनि तुलसीपुर मेट्रो अस्पतालमा संचालित कोरोना आइसोलेसन अस्पताललाई सहयोग गर्ने नगरबासी सहित विभिन्न क्षेत्रमा रहेर सहयोग पु¥याउनेलाई धन्यवाद दिनुभयो ।

प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार
प्रतिक्रिया