२०८३ भाद्र १० गते बुधवार

रसुवाको भोटेकोशी बाढीमा सात जनाको शव फेला

काठमाण्डौ, १० भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी अहिलेसम्म ७ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङमा ७ जनाको शव फेला परेको हो ।  उहाका अनुसार अहिलेसम्म नुवाकोटको नदी किनारमा ३ र धादिङमा ४ जना गरी सात जनाको शव फेला परेको छ।

उहाले अहिले घाइतेहरूको उद्धार र फेला परेकाहरूको शव संकलनको काम भइरहेको बताउनुभयो । त्यस्तै मानिसहरू बेपत्ता भएको सूचना आएरहेको र खोजीकार्य पनि जारी रहेको उहाले बताउनुभयो ।

प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार
प्रतिक्रिया