तुलसीपुर , १२ जेठ । गोरखा ग्रुपद्धारा संचालित गोरखा माध्यामिक विद्यालय तुलसीपुरले तुलसीपुर कोभिड विपत व्यवस्थापन कोषमा एक लाख ५१ हजार आर्थिक सहयोग गरेको छ । अक्सिज प्लाण्ट संचालनका लागि एक लाख २५ हजार र अक्सिजन रिफिलीङका लागि २६ हजा सहयोग गरेको हो ।
सहयोगी दाता गोरखा ग्रुपलाई तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले दाताहरुको सहयोग र उत्प्रेरणाले नै कोरोना आइसोलेसन अस्पताल संचालनको गतिले तिब्रता पाएको भन्दै धन्यवाद दिनुभयो ।
आर्थिक हस्तान्तरण कार्यक्रममा स्कुल व्यबस्थापन समितिका उपाध्यक्ष डोरबहादुर जीसी, गोरखा ग्रुपका एकाडेमिक डाइरेक्टर दुर्गा बहादुर केसी, प्रिन्सीपल विजय जीएम, सल्लाहकार विमल रिजाल, विज्ञान संयोजक विष्णु भण्डारी, व्यबस्थापन शंकाय संयोजक डम्बर डाँगी, बामदेव सापकोटा, दिलप्रसाद रोका लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७८ जेष्ठ १२ गते बुधवार





