तुलसीपुर, ११ जेठ । ग्रिन फाउण्डेसन नेपालले पश्चिम दाङका तीन गाउँपालिकामा स्वास्थ्य सामग्री सहयोग गरेको छ । बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र दंगीशरण गाउँपालिकामा पिपिइ, मास्क, ग्लोव्स, फेस सिल्ड र सेनिटाईजर सहयोग गरेको ग्रिन फाउण्डेसन दाङका सचिव सुरेश रावतले जानकारी दिनभयो । कोरोना महामारी विरुद्धको अभियानममा सहयोग पु¥याउने उद्देश्यले स्वास्थय सामग्री उपलब्ध गराएको ग्रिन फाउण्डेसनले जानकारी दिएको छ ।

पालिकाले संचालन गरेका आइसोलेसन अस्पतालमा पुगेर ग्रिन फाउण्डेसन नेपालका केन्द्रीय अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।
दंगीशरणमा अध्यक्ष भागीराम चौधरी, बबईमा अध्यक्ष भुवनेश्वर पौडेल र शान्तिनगरमा स्वास्थ्य प्रमुखलाई पाण्डेले एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको हो ।
प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते मङ्गलवार





