पारिवारिक निजि वनद्धारा तुलसीपुरलाई वाटर डिस्पेन्सर मेसिन सहयोग

दाङ, ३ जेठ । पारिवारिक निजि बन संघ नेपालले तुलसीपुर उपमहानगरपालिकाले सन्चालन गरेको आईसोलेसन सेन्टरलाई दुई वटा वाटर डिस्पेन्सर मेसिन सहयोग गरेको छ । कोरोना माहामारीको समयमा उपमहानगरपालिकाले सन्चालन गरेको अस्पतालमा विरामीलाई केहि सहज होस् भन्ने उद्देश्यका साथ दुई वटा मेसिन सहयोग गरेको संघ दाङका अध्यक्ष पदम केसीले बताउनु भएको छ । उक्त सामग्री अध्यक्ष केसी, कोषाध्यक्ष धन बहादुर केसीले सयुक्त रुपमा नगरप्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा नगरप्रमुख पाण्डेले सहयोग गरेकोमा संस्थालाई धन्यावाद पत्र प्रदान गर्नु भएको हो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते सोमवार
प्रतिक्रिया