बाँके, ५ कात्तिक । बाँकेमा विद्युत सर्ट भएर आगलागी हुँदा सात घर जलेर नष्ट भएक छन् । जानकी गाउँपालिका–६ कपासीस्थित इद्दु खानको घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बुधवार दिउँसो आगलागी भएको हो । आगलागी पछि कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आएको थियो। आगलागीबाट कुनै मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
आगलागीबाट जानकी गाउँपालिका–६ कपासी बस्ने साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एक–एक तले कच्ची घर पूर्णरूपमा जलेर क्षति भएका छन्। त्यस्तै, सोही स्थानका जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एक–एक तले कच्ची घर पनि पूर्णरूपमा जलेर क्षति भएका छन् भने महेश खानको पक्की घरको एउटा झ्यालमा आगलागीबाट क्षति पुगेको छ। आगलागीबाट भएको क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको प्रहरीले बर्ताएको छ ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।