२०८३ कार्तिक ६ गते बिहिवार

दशैँको आज दोस्रो दिन, टिका र जमरा लगाएर मनाईदै

फोटो फाईल

काठमाडौ, ५ कात्तिक । दशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदैछ । खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ ।देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म नै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ ।

तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार हिजो बुधवार विजयादशमीको दिन मात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैँ सकिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष विजयादशमीको टीका लगाउने उत्तम साइत हिजो बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको थियो । त्यस अनुसार धेरैले साइतमा टीका लगाए । घटस्थापनाका दिन घरघरमा जमरा राखेर शुरु भएको बडादशैँमा नवरात्रभर शक्तिस्वरूपा नवदुर्गाको पूजा आराधना गरिएको थियो । असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीले नेपाली समाजमा सुख, शान्ति, सद्भाव र समृद्धिको कामना बोकेको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक ६ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।