२०८३ कार्तिक ६ गते बिहिवार

तुलसीपुरको एक कवाडी पसलमा आगलागी

फोटो फाईल

तुलसीपुर, ५ कात्तिक । तुलसीपुरको एक कवाडी पसलमा आगलागी भएको छ । तुलसीपुर ५ बसपार्क स्थित माछापुच्छे्र टोलमा रहेको नसीर राईनीले संचालन गरेको कवाडी पसलमा आज दिउँसो साढे बाह्र बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागी हुँदा एक लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । आगलागी पछि स्थानियबासी र सुरक्षाकर्मीको सक्रियतामा आगो नियन्त्रणमा लिईएको हो । आगलागीको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक ६ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।