तुलसीपुर, २३ बैशाख । तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुर निबासी देवेनद्र बैरागीले लकडाउनभरी आफ्नो निजी गाडी कोरोना संक्रमित बिरामीको सेवामा लगाउने घोषणा गर्नुभएको छ । उपचारको अभावमा कुनै पनि बिरामी अस्पताल पुग्न नपाएर अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले कोरोना संक्रमित बिरामी बोक्नका लागि निशुल्क रुपमा आफ्नो गाडी प्रयोग गर्ने बैरागीले बताउनुभयो ।
लकडाउनको समयमा एम्बुलेन्सले मनपरी रुपमा चर्को भाडा लिएर मानवियता गुमाएको अवस्थामा आफु सेवाका लागि जुटेको बताउनुभयो ।
सवारी साधन नपाएर घरमा छटपटाई रहनुभएका जोकोहिले ९८५७८२००२१ मा सम्पर्क गर्न समेत बैरागीले अनुरोध गर्नु भएको छ ।
‘आफु मर्नुसंग भन्दा अरू मरेको खबर सुन्दा डराउछु । त्यसैले गाडी नपायर अस्पताल नपुगी कसैले ज्यान गुमाउन नपरोस अब यो मेरो अभीयान पनी यही हो । आउनुस सबै निजी गाड़ी वाला हीजो आफ्नो लागी कुदाईयो अब गाडी नपायर घरमा लडेका बिरामी हरूको लागी कुदाऊ,’ बैगरागीले भन्नुभयो– ‘बिरामीको ढाड सेकीने गरी भाडा असुल्नेहरूलाई खबरदारी गराै । कुनै बैकल्पीक उपाय नभय सम्पर्क गर्नुस म तपाईको प्रतिरक्षा मै छु ’
यसैबिच तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वलीले बैरागीको सामाजिक कार्यले वडाबासीलाई उत्साहित गराएको बताउनुभयो । बैरागीले आजै तुलसीपुर–१६ बाट नेपालगञ्ज र नेपालगञ्जबाट बुटवल गएर दाङका बिरामीलाई घरमा ल्याउने बताउनुभयो ।
फेसवुक स्टाटस






