२०८३ भाद्र ११ गते बिहिवार

जन्मदिनमा युवा व्यवसायी केसीद्धारा अक्सिजन सहयोग

तुलसीपुर, २२ बैशाख । तुलसीपुरका युवा व्यवसायी यज्ञबहादुर केसीले जन्मदिनको अवसरमा अक्सिजन सहयोग गर्नुभएको छ । जन्मदिनमा हुने फजुल खर्चलाई कटाएर तुलसीपुर उपमहानगरपालिकालाई २१ वटा अक्सिजन सिलिण्डर भरेर हस्तान्तरण गर्नुभएको हो । एउटा अक्सिजन सिलिण्डर भर्न एक हजार पचास रुपैयाँ लाग्छ ।

संक्रमितको संख्या बढ्दै जाँदा अक्सिजनको चरम अभाव भएपछि आफूले अक्सिजन सहयोग गरेको केसीले बताउनुभयो । केसले भरेका अक्सिजन तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई उपलब्ध गराउनु भएको हो । सो अबसरमा प्रमुख पाण्डेले विगत देखिनै केसीले सामाजिक क्षेत्रमा सहयोग गरेर सशक्त रुपमा आफुलाई उभ्याएको बताउँदै अपातविपतमा हुने सहयोग नै मानविय सेवा भएको बताउनुभयो ।

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया