उच्च मनोबलका साथ काम गर्न स्वास्थ्य प्रमुखलाई निर्देशन

तुलसीपुर, १९ बैशाख । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले उच्च मनोबलका साथ काममा खट्न स्वास्थ्य संस्थाका प्रमुखरुलाई निर्देशन दिनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराको आइसोलेसन सेन्टरमा बसेको स्वास्थ्य प्रमुखहरुको बैठकले सम्बोधन गर्दै प्रमुख पाण्डेले संकटको बेलामा जनताको जीवन बचाउनु नै महान काम भएको सुरक्षीत साथ काम गर्न निर्देशन दिनुभयो ।

बैठकले तुलसीपुरमा होम आइलोसेनमा बसेका कोरोना संक्रमितहरुको अनुगमण तथा परामर्श गर्ने समेत निर्णय गरेको छ । बैठकले वडाध्यक्ष तथा स्वास्थ्य संस्थाका प्रमुखहरुले संयुक्त रुपमा संक्रमित व्यक्तिहरुको निगरानी तथा फलोअप गर्ने, फिवर किल्निक संचालन गर्ने, कोरोना आइसोलेसन सेन्टरमा काम गर्ने स्वास्थ्यकर्मीलाई जोखिम भक्त उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार
प्रतिक्रिया