२०८३ भाद्र १० गते बुधवार

असहाय बालबालिकालाई आफन्तको जिम्मा

तुलसीपुर, १५ बैशाख । तुलसीपुर उपमहानगरपालिका अन्तर्गत महिला बालबालिका तथा सामाजिक विकास शाखाले ६ जना असहाय बालबालिकालाई आफन्तको जिम्मा लगाएको छ । रुकुम आठबिसकोट र पुथा उत्तरगंगाका ती बालबालिकालाई आफन्तको जिम्मा लगाएको महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले जानकारी दिनुभयो । उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भाष्कर गौतमले अभिभावक धनबहादुर नेपालीलाई ४ जना बालबालिका र मित्रराम घिमिरेलाई दुई जना बालिका जिम्मा लगाउनु भएको हो ।

असल सन्तानका लागि घरपरिवार समाज नै सबैभन्दा प्यारो लाग्ने र शारिरीक, वौद्धिक विकास पनि घरपरिवारमा नै हुने भएकाले जोखिम युक्त ठाउँबाट उद्धार गरेर आफन्तको जिम्मा लगाएको अधिकृत गौतमले बताउनुभयो । ‘आफ्ना सन्तानलाई राम्रोगरी पालणपोषण,देखि शिक्षादिक्षामा सहयोग गर्नुहोला,’
भाइभतिजा, भान्जाभान्जी भएपनि, आमा–बुबापछिको अभिभावक तपाईहरु नै हो,’ प्रमुख प्रशासकिय अधिकृत गौतमले भन्नुभयो–‘हामीले जोखिपूर्ण ठाउँबाट उद्धार गरेर आज हजुरको जिम्म लगाएका छौ ।’

असाहय विकास केन्द्र बिजौरीमा बस्दै आएकी बालिकालाई संचालकले नै बलात्कार गरेको घटना सार्वजनिक भएपछि उपमहानगरपालिकाले त्यहाँ बस्दै आएका १५ जना बालबालिकालाई उद्धार गरेको थियो । चैत्र १३ गते उद्धार गरिएका मध्य ९ जना बालकलाई ज्ञानज्योति बोर्डिङ स्कुल बम्नै र ६ जना बालिकालाई उपमेयर महिला सुरक्षा आवासमा राखिएको थियो । जसमध्य अहिलेसम्म १४ जना बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ भने एक जना बालक मात्र बाँकि छन् । विगत ४ बर्षदेखि बस्दै आएका बालबालिकालाई यातायात खर्चको व्यवस्था गरेर पठाइएको छ ।

आफ्नो गाउँमा जानकालागि बालबालिकाकाले तयारी अवस्थामा राखेका झोला

प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार
प्रतिक्रिया