कौवाघारीमा टेक्टरको ट्राली पल्टिदा ३ जना घाइते

तुलसीपुर, २ बैशाख / दंगीशरणको कौवाघारीमा टेक्टरको ट्राली पल्टिदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण गाउँपालिका–२ कौवाघारी निबासी २६बर्षकी सीता चौधरी , ३५ बर्षकी जुनेली चौधरी र ४० बर्षकी शर्मीला चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । कौवाघारीबाट मदपुर जान लागेको रा१त ३९६८ नम्बरको टेक्टरको ट्राली पल्टिदा दुर्घटना भएको हो ।

चालक तुलसीपुर उपमहानगरपालिका ११ निबासी सन्तुलाल चौधरी फरार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख शिव बहादुर सिंहले जानकारी दिनुभयो । घटना साँझ साढे साढे ६ बजे भएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख २ गते बिहिवार
प्रतिक्रिया