२०८३ कार्तिक ११ गते बुधवार

स्कुल बस दुर्घटना हुँदा ६ जना बालबालिकाको मृत्यु

काठमाडौं, ३० चैत ।  भारतको उत्तरी राज्य हरियाणामा स्कुल बस दुर्घटना हुँदा कम्तीमा छ जना बालबालिकाको ज्यान गएको छ । दुर्घटनामा २० जनाभन्दा धेरै विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ । जी.एल पब्लिक स्कुलका झन्डै ४० जना विद्यार्थी बोकेको बस  कानिना क्षेत्रमा दुर्घटना भएको हो ।

चालकले मादक पदार्थ सेवन गरेर तीव्र गतिमा चलाएका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हरियाणा राज्यका मुख्यमन्त्री नायब सिंह सैनीले दुर्घटनामा दुःख व्यक्त गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।।

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।