काठमाडौं, १३ बैशाख । भारत, बिहारको राजधानी पटनामा आगलागीमा परेर ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार २ जनाको घटनास्थलमै र ४ जनाको उपचारको क्रममा मृत्यु भएको हो । आगलागीमा ७ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् ।
पटना स्टेशन नजिकैको पाल होटल तथा रेष्टुरेन्टमा आगलागीको कारण सिलिन्डर विस्फोट भएको बताइएको छ । आगलागी आसपासका क्षेत्रमा फैलिन नदिन सावधानीका रूपमा बिजुली काटिएको थियो । होटलमा आगलागीपछि ४५ जनाको उद्धार गरिएकोे छ ।।
प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।