२०८३ कार्तिक ११ गते बुधवार

जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

झापा, १२ बैशाख ।  झापामा जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीपले ठक्कर दिदा मोटरसाइकलमा सवार रहेका तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ भने मृतकको सनाखत हुन बाँकी छ ।।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।