२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुर उपमहानगरपालिकामा एक दिनका लागी सवै सेवा स्थगित

तुलसीपुर, ३० चैत । तुलसीपुर उपमहानगरपालिकाले एक दिनका लागी सेवा स्थगित गरेको छ । उपमहानगरपालिकाले आफनो २९ औँ स्थापना दिवस मनाउने भएकाले सोमवार उपमहानगरपालिका कार्यालय सहित सम्पुर्ण वडा कार्यालयबाट प्रवाह गरिने अत्यावश्यक सेवा बाहेक अन्य सवै सेवा स्थगित गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत भाष्करराज गौतमले जारी गरेको सार्वजनिक सुचनामा उल्लेख छ ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा सवै जनप्रतिनिधि, कर्मचारी, उपस्थित हुनु पर्ने भएकाले नियमित सेवा बन्द गरिएको सुचना उल्लेख छ । साथै दिवसकै अवसरमा विहान ११ बजे उपमहानगरले कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने, क्यालेण्डर बिमोचन गर्ने र उपमहानगरको रणनितिक योजनाको बारेमा छलफल गरी मंगलवार अन्तिम रुप दिने तयारी भएको सुचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।