
तुलसीपुर, २५चैत्र । मानव अधिकार तथा शान्ति समाज दाङले तुलसीपुरमा दीप प्रज्ज्वलन प्रज्ज्वलन गरेको छ । म्यानमारका नागरिकको जीवन सुरक्षा, शान्ति र लोकतन्त्र बहालीको मागसहित तुलसीपुरको वीपी चोकमा शान्ति समाजले आँखामा पट्टी बाँधेर दिप प्रज्ज्वलन गरेको हो ।
मानव अधिकार तथा शान्ति समाज दाङका सभापति तुलसी सुनारको अध्यक्षता एवम् समाजका केन्द्रीय उपसभापति सुशिल बस्नेतको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।
सो अवसरमा समाजका केन्द्रीय सचिव निर्मल नेपाली, नागरिक समाज दाङका सल्लाहाकार टिकाराम रेग्मी, दलित नागरिक समाजका जिल्ला संयोजक छवि परियार, वृद्ध सेवा समितिका अध्यक्ष खुमानन्द अधिकारी, साझेदारी विकास मञ्चका कोषाध्यक्ष इन्द्र बहादुर पुन लाएतले बोल्नु भएको थियो । कार्यक्रमका सहजीकरण शान्ति समाजका भिमलाल मरासेनलीले गर्नुभएको थियो । म्यानमारमा सेनाले कू गरेपछि भएका प्रर्दशनमा सयौ नागरिकको ज्यान गएकाे छ ।