२०८३ मङ्सिर ८ गते मङ्गलवार

सेनाको कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न

काठमान्डौ, १३ चैत्र । शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्ना भएको छ ।

उक्त तालिममा नेपाली सेनाका ४ जना महिला सहित ६० जना अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १र१ गरी ३ जना तथा मित्रराष्ट्र बंगलादेश, नाईजेरिया, पाकिस्तान, श्रीलङ्का, संयुक्त राज्य अमेरिका र बेलायतबाट १र१ जना गरी ६ जना विदेशी सहित जम्मा ६९ जना शिक्षार्थीहरुले सो तालिम सफलतापूर्वक सम्पन्न गरी आज दीक्षित भएका छन् ।

विदेशी शिक्षार्थीहरु सहभागी गराईएको उक्त तालिममा हालसम्म विभिन्नक देशका ८९ जना विदेशी शिक्षार्थीहरु दीक्षित भईसकेका छन् ।

तालिममा सर्वोत्कृष्ट हुन सफल शिक्षार्थी समिर श्रेष्ठलाई प्रधान सेनापति पूर्णचन्द्र थापाले ुसर्वोत्कृष्ट शिक्षार्थी पुरस्कारु प्रदान गर्नुको साथै दीक्षित हुनु भएका सबै शिक्षार्थी अधिकृतहरुलाई प्रमाण(पत्र वितरण गर्नुभएको थियो । सो अवसरमा उहाँले उक्त कलेजबाट वार्षिक रुपमा प्रकाशन गरिने दि शिवपुरीु जर्नल २२ औं संस्करणको विमोचन समेत गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।