२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरमा फेरी कोरोना संक्रमित थपिदै ,दुई जनामा संक्रमण पुष्टि

तुलसीपुर, १२ चैत ।तुलसीपुरमा फेरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा तुलसीपुरका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनुभएको छ । उहाका तुलसीपुर ४ का र वडा नम्वर १७ का महिला रहेका छन् ।

हाल उनीहरु घोराहीमा बस्ने गरेको बताईएको छ । उनीहरु होम आईसोलेसनमा बसेको जनस्वास्थ्य निरीक्षक केसीले जानकारी दिनु भएको छ । यो संगै तुलसीपुरमा हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ८२२ पुगेको छ ।पछिल्नो समय तुलसीपुरमा कसैलाई पनि कोरोना देखीएको थिएन । तर फेरी कोरोना संक्रमित थपिन थालेपछि सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको छ । कोरोना माहामारीबाट जोगिन जनस्वास्थ्य सुरक्षाका मापदण्ड अन्तर्गत मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने तथा सेनिटाईजरको प्रयोग गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।