२०८३ मङ्सिर ९ गते बुधवार

धुलो नउड्नेगरी काम गर्न घोराही सिमेन्ट उद्योगलाई अन्तरिम आदेश

फाइल फाेटाे

तुलसीपुर, ९ चैत्र । उच्च अदालत तुलसीपुरले घोराही सिमेन्ट ईण्डस्ट्रिज प्रालिलाई सडकमा धुँलो नउड्नेगरी काम गर्न गराउन अन्तरिम आदेश दिएको छ ।

अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षित र न्यायाधीश रमेशराज पोखरेललेको संयुक्त इजलासले वतावरण र स्वास्थ्यलाई प्रतिकूल असरपार्ने कार्यलाई नियन्त्रण गर्नकालागि सडकमा धुलो नउड्नेगरी पानीको फोहोराको व्यवस्था गर्न आदेश दिइएको हाे  ।

त्यसैगरी  सिमेन्ट  उद्योगको क्षेमता वृद्धि नगर्ने विषयमा भने अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको आदेशमा उल्लेख गरिएको अदालतका शाखा अधिकृत गोकर्ण वलीले जानकारी दिनुभयो । सिमेन्ट उद्योग बाह्यक अन्यको हकमाभने उद्योगसंग सम्बन्धित नभएकाले अन्तरिम आदेश जारी गर्नुनपर्ने अवस्था नरहेको अधिकृत वलीले बताउनुभयो ।

दाङको घोराही उपमहानगरपालिका–३ र ४ मा संचालनमा रहेकोे सिमेन्ट उद्योग, मापदण्ड विपरित संचालन हुँदा दैनिक रुपमा निष्कने धुलो, धुँवा, ध्वनी प्रदूषणले नागरिकको जनस्वास्थ्यमा प्रतिकूल असर पारेकाले प्रदूषणजन्य कुनै पनि कार्य नगर्नु नगराउनु भनि अन्तरिम आदेशको माग सहित चैत्र ५ गते अदालतमा निवेदन परेको थियो । यस अघि गएको शुक्रबार सिमेन्ट उद्योगका नाममा सडकमा धुलो, धुवाँ उड्नुको कारण देखाउ आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।