२०८३ मङ्सिर ९ गते बुधवार

आर्थिक र प्रशासनिक प्रतिवेदन पास गरेर निर्वाचन गर्न अन्तरिम आदेश

तुलसीपुर, १६ फागुन / उच्च अदालत तुलसीपुरले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थलाई साधारणसभा गरेर निर्वाचनमा जानुपर्ने अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीश ऋषीराम दवाडी र नसरुल्लाह अंसारीको इजलासले यस्तो आदेश दिएको अदालतका शाखा अधिकृत गोकर्ण वलीले जानकारी दिनुभयो । यसअघि अदालतले फागुन १६ गतेसम्मलाई मात्रै अल्पकालिन अन्तरिम आदेश दिएको थियो । खानेपानीले साधारण सभा गरेको भएपनि आर्थिक, प्रशासनिक लगाएतका प्रतिवदेन पास नगरेको देखिएकाले निवदेनको अन्तिम टुङ्गो नलागेसम्मका लागि निर्वाचन नगराउन अन्तरिम आदेश दिएको हो ।

तुलसीपुर खानेपानीले फागुन २२ गते निर्वाचनको मिति घोषणा गरेको थियो । स्थानीय यमुना कडेल शाहले साधारणभा विना तुलसीपुर खानेपानीले निर्वाचन गर्न लागेकाले रोकि पाउँ भन्दै गएको फागुन १२ गते उच्च अदालत तुलसीपुरमा, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था समेतलाई विपक्षी बनाई निवेदन दिनुभएको थियो ।

निदेवको तर्फबाट ५ जना कानुन व्यवसायीले बस गरेका थिए । उच्च अदालतले अन्तरिम आदेश दिएपछि खानेपानीको २२ गते हुने भनिएको निर्वाचन विथोलिएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।