घोडा पालक किसानको गुनासो, पशुधन सुरक्षाकालागि बीमा भएन

तुलसीपुर, १६ फागुन / ‘गाडी–मोटर नहुँदा हामीले नुन,तेल, दाल चामल बोकेर घरघरमा पु¥याऔं । अहिले हामीलाई सबैले हेला गर्छन,’ ४० बर्षदेखि घोडा मार्फत सामान ढुवानी (ओसारपसार) गर्दै आएका घोडा पालक किसान तुलसीपुर –११ नवलपुर निबासी मन बहादुर गिरीले भने –‘ बाटो नभएका ठाउँमा पुग्ने घोडाको अहिले बीमा गरिदैन । यो भन्दा दुःखद कुरा के हुनसक्छ ?’ नेपाल बीमा समितिले पशुधन सुरक्षा अन्तर्गत घोडाको बीमा नगरिदिदा घोडा पालक किसान मर्कामा परेका हुन् ।

पशुधन सुरक्षा अन्तर्गत गाई, भैंसी, भेडा,बाख्राको बीमा भएपनि पुस्तौदेखि गाउँबाट अन्नतपात बोकेर बजार र बजारबाट गाउँ–गाउँमा सामान लगेर पाल्दै आएका घोडाको बीमा नहुनु किसान माथिको अपमान भएको गिरीले गुनासो गरे । गाउँमा उत्पादन भएको चामल, मसुरो, गहुँ, तोरी, चना, केराउ बजार क्षेत्रमा ल्याएर सेवा पु¥याउँदै आएका घोडा पालक किसानले बजारमा घोडाको पार्किङ एरिया, घोडा बान्ने ठाउँ र पानी खुवाहाउने व्यवस्था नहुँदा ठूलो समस्या भोग्नु परेको बताएका छन् । ‘गाउँबाट चामल ल्याएर बजारमा बेच्नुर्पछ । तर बजारमा घोडा बान्ने ठाउँ छैन । घोडा डुलाएर बजारभरी घुम्न पनि भएन ,’ घोडापालक किसान रामप्रसाद चौधरीले भने –‘ पछाडी आएका (आयातित) गाडी मोटरको पार्किङ भयो । तर हाम्रा घोडाका लागि बान्ने ठाउँनै भएन ।

राज्यले यस तर्फ कहिल्यै ध्यान पनि दिएको छैन ।’ घरबाट पानी खाएर आएको घोडाले बजारमा घोडा पार्किङ स्थल र पानीको व्यवस्था नहुँदा घर नपुग्दासम्म दाना र पानी खान नपाउने किसानले बताएका छन् । पशु सेव कार्यालयका अनुसार दाङमा करिब ८ सय २० वटा घोडा छन् । जसमध्य ५ सय भारतबाट विभिन्न इट्टा भट्टामा आएका र अन्य स्थानीय घोडा छन् ।

के भन्छ पशु सेवा कार्यालय ?
यता पशु सेवा शाखा कार्यालय तुलसीपुरले पशु स्वास्थ्य तालिम तथा परामर्श सेवासंगसंगै मिलेर घोडाको स्वास्थ्य उपचार, बीमा लगाएतका विषयमा पहल गरिरहेको बताएको छ । प्रत्यक बर्ष टिटनास सुई र जुकाको औषधी घोडालाई दिदै आएको बताउँदै पशु सेवा शाखा कार्यालय तुलसीपुरका अधिकृत सुवाश आचार्यले गएको मंगलबारदेखि बिहीबारसम्म १ सय २० वटा घोडालाई टिटानासक र जुकाको औषधी दिएको बताए ।

नेपाल सरकारले पशुधन सुरक्षामा बीमा प्रियम दिदै आएको ७५ प्रतिशत अनुदानमा घोडा समामेश नभएकाले देशभरका घोडापालक किसानहरु यो सेवाबाट बन्चित भएकाले तुलसीपुर उपमहानगरपालिका मार्फत पहल गरिरहेको अधिकृत आचार्यले बताए ।
‘अनाज खाने भएकाले आन्तरिक परजिवी अर्थात जुका पर्छ । त्यसैगरी घोडाको दिशा र पिशावमा टिटनासकको व्याक्टेरिया पाइने भएकाले पनि टिटनासकको जोखिम धेरै हुन्छ ,’ अधिकृत आचार्यले भने–‘ त्यसकारण हामीले प्रत्यक बर्ष दुई घोडा स्वास्थ्य शिवीर राखेर उपचार सेवा दिदै आएका छौ ।’
घोडामा लाग्ने विभिन्न रोगको उपचारका लागि प्राविधिक, औषधी र तालिमको सहयोग पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाले निशुल्क सहयोग गर्दै आएको संयोजक रमण मिश्राले जानकारी दिए । संयोजक रमन मिश्रका अनुसार तुलसीपुरमा नवलपुर, राइखलियान, बेलगनार, सुकौरा, मोतिपुर, वनगाउँ र घोराही उपमहानगरको बयरबटुवा, लखवार, चोरगाउँ, फचकपुर, कुवारी र धर्नामा घोडा पालक किसान छन् भने भारतबाट आएका घोडाहरु भने ३५ वटा इट्टा भट्टामा छन् भन्दै युगबोधले खबर छापेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार
प्रतिक्रिया