नेपालकै ठूलो पातुखोलाको हाइड्यामले गतिलिन थाल्यो

तुलसीपुर, १५  फागुन /तुलसीपुरको पातुखोलामा निर्माण गरिने भनिएको नेपालकै ठूलो र पहिलो हाइड्याम, आयोजनाले गतिलिन थालेको छ । २०७२ सलामा प्रारिम्भक सर्भे गरिएको हाइड्याम क्षेत्रको शहरी खानेपानी आयोजनाको टोलिले बिहीबार अनुगमण गरेपछि निर्माण प्रकृयाको कामले विस्तारै गतिलिन थालेको हो ।

शहरी खानेपानी आयोजनाका निर्देशक राम कुमार श्रेष्ठको नेतृत्वमा आएको पाँच सदसीय टोलिले तुलसीपुर उपमहागनरपालिका–३ स्थित लाहुरेचौरको उत्तर तर्फ रहेको पातुखोलामा निर्माण गरिने भनिएको हाइड्यामको निर्माण स्थलको अनुगमण गरिएको हो ।
अनुगमण टोली काठमान्डौ फर्किए लगत्तै प्राविधिकको टोलिले पुनः त्यसको अध्यन गरेर डिपीआर तयार गर्नेगरी प्रकृया अघि बढाउने भएको छ । डिपी आर तयार भएपछि कामले गतिलिने बताइएको छ ।

तुलसीपुर क्षेत्रमा दिर्घकालिन रुपमा खानेपानीको समस्या समाधान गर्नका लागि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वलीले २०६८ सालदेखि हाइड्यामको रणनीतिक योजना अघि सार्नु भएको थियो । खानेपानी विभागले २०७२ सालमा प्रारम्भिक सर्भे गरेको उक्त योजनाको निर्माण कार्य सम्पन्न गर्न करिब ८ अर्ब लाग्ने स्टमेट गरेको छ । हाईड्याम निर्माण भएमा तुलसीपुर क्षेत्रको फुलबारी बाह्यक अन्य सबै क्षेत्रमा रहेका हजारौ जनसंख्यालाई ५० बर्षसम्म खानेपाी प्रयाप्त मात्रामा पुग्ने र सिंचाईका लागि पनि प्रयोगमा ल्याउन सकिने सहरी खानेपानी नेपालगञ्जका क्षेत्रीय आयोजना प्रमुख सन्दिप कुमार शाहले जानकारी दिनुभयो । नेपालमै पहिलो र ठूलो आयोजना भएकाले डिपीआरपछि विदेशबाट समेत विज्ञहरु अध्यनकालागि ल्याउनु पर्ने प्रमुख श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी बबई नदिमा पनि ९५ करोडको लागतमा लिफ्ट खानेपानीको योजना अघि सारिएको छ । यो योजनाको निर्माण कार्यका लागि केहि समय भित्र टेण्डर आव्हान गरिने खानेपानी संस्थाले जनाएको छ । बबईको लिफ्ट खानेपानी आयोजना सहलागनीमा बन्दैछ ।

आयोजनाको टोलि र नगर प्रमुख बिच छलफल
संघिय खानेपानी विभाग अन्तर्गत सहरी खानेपानी आयोजनाको टोली र तुलसीपुर उपमहागनरपालिका प्रमुखबिच छलफल भएको छ । तुलसीपुर क्षेत्रमा दिगो रुपमा खानेपानीको समस्या समाधान गर्ने विषयमा छलफल भएको हो । तुलसीपुर उपमहागनरपालिकाको एक घर एक धाराको रणनीतिक योजना भएको बताउँदै नगरप्रमुख घनश्याम पाण्डेले हाइड्यामको निर्माणका लागि स्थानीय सरकारको नाताले सहयोग गर्ने बताउनुभयो ।

‘मान्छेको लाइफ स्टाईलमा चेन्ज हुदैछ । खानेपानी मात्रै हैन सवारी साधन, मोटरसाईकलदेखि अन्य सरसफाईका कुरामा समेत पछिल्लो समय पानीको माग ह्वातै बढ्दै गएर अबको ५० बर्षपछि पानीको माग अस्वभाविक रुपमा बढ्छ,’ नगरप्रमुख पाण्डेले भन्नुभयो–‘ त्यतिबेलाको एक मात्र विकल्प भनेको हाइड्यम नै हो ।’

 

सो अवसरमा सहरी खानेपानी आयोजनाका निर्देशक रामकुमार श्रेष्ठले अबको पानीको विकल्प भनेको ठूला नदी र हाइड्याम नै भएकाले कर्णाली र त्रिसुली नदीको पानी पाईपलाइन मार्फत राजमार्गमा ल्याउनेगरी अध्यनको काम भइरहेको बताउनुभयो । ‘खानेपानीका मुहानहरु दिनप्रतिदिन सुक्दै गइरहेका छन् ,’ निर्देशक श्रेष्ठले भन्नुभयो –‘अबको खानेपानीको योजना भनेको ठूला नदी र हाइड्याम नै हो त्यसैलै हामी अब दिर्घकालिन रुपमा समाधान गर्नेगरी कामको थालनीमा छौ ।’ पातुखोलाको हाइड्याम नेपालमै पहिलो भएकाले यसलाई जसरी भएपनि सफल बनाउने काममा आयोजना लाग्ने र त्यसका लागि स्थानीय सरकारको पनि सहयोग आवशयक पर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १५ गते शनिवार
प्रतिक्रिया