२०८३ भाद्र २३ गते मङ्गलवार

टेलिकमले भन्याे – सिम आफ्नाे नाममा नभए छिटाे नामसारी गर !

तुलसीपुर, ६ माघ ।  नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप प्रयोग गर्नकालागि  सिमकार्ड ग्राहकहरुलाई,  ग्राहक विवरण अद्यावधिक गर्न नेपाल टेलिकमले आग्रह गरेको छ । टेलिकमद्धारा मंगलबार जारी प्रेस विज्ञप्तीमा प्रिपेड तथा पोस्टपेड सिमकार्ड ग्राहकहरुलाई आफुले प्रयोग गर्दै आएको सिमकार्ड अन्य व्यक्तिको नाममा भए ग्राहक विवरण अध्यावधिक गर्न आग्रह गरिएको छ ।

नेपाल टेलिकका अधिकांश ग्राहकको सिम आफ्नै नाममा भएपनि केही ग्राहकहरुले अरुको नाममा रहेको सिम प्रयोग गरिरहेकाले नजिकको टेलिकम कार्यालयमा गएर अद्यावधिक गर्न अनुरोध गरिएको प्रवक्ता राजेश जोशीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सिमकार्ड आफ्नो नामा भए या नभएको थाहा पाउन र अद्यावधिक गर्नका लागि थाहा पाउने यस्तो छ तरिका ।

कम्पनीका ग्राहकहरुले *922# डायल गरेर आफूले प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा छ/छैन र नामको हिज्जे सही छ÷छैन निक्र्यौल गर्न सकिन्छ । सिमकार्ड आफ्नो नाममा नरहेमा विवरण अद्यावधिक वा नामसारी गर्न तथा आफ्नो नामको हिज्जे सही नभएमा सच्याउनका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्दछ ।

१ प्रिपेड सिमकार्ड ग्राहक विवरण अद्यावधिक गर्न : अरुको नाममा रहेको प्रिपेड सिमकार्ड लामो समयदेखि आफैँले प्रयोग गरिरहेको अवस्थामा आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो लिएर नजिकैको दूरसञ्चार कार्यालयमा उपस्थित भई कबुलियतनामाको फाराम भरी अद्यावधिक गर्न सकिन्छ । साथै, विगत ६ महिनाभित्र उक्त सिमकार्डबाट भएका केही कलहरु सोही समयमा भेरिफाई गर्नुपर्दछ ।

२ पोस्टपेड सिमकार्ड ग्राहक विवरण अद्यावधिक तथा नामसारी गर्न : पोस्टपेड सिमकार्ड नामसारीका लागि हाल सिमकार्ड प्रयोग गरिरहेको व्यक्ति र कम्पनीको अभिलेखमा भएको प्रयोगकर्ता दुवै व्यक्ति दूरसञ्चार कार्यालयमा उपस्थिति हुनुपर्दछ । अभिलेखमा सिमकार्ड प्रयोगकर्ताको नाम भएको व्यक्ति उपस्थित हुन नसक्ने भएमा उक्त व्यक्तिको नागरिकता प्रमाणपत्रको फोटोकपी र वारेसनामा आवश्यक पर्दछ । साथै, सिमकार्ड प्रयोग गरिरहेको व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ । संस्थाको हकमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्दछ । यी कागजातहरु लिई दूरसञ्चार कार्यालयमा उपस्थित भई नियमानुसार नामसारी गर्न सकिन्छ ।

नागरिक एपबाट सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता प्रमाणपत्र, मतदाता परिचयपत्र वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्दछ । विभिन्न सेवाहरूलाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने नेपाल सरकारको लक्ष्यलाई सहयोग गर्नु कम्पनीको कर्तव्य भएको हुनाले कम्पनीका ग्राहकवर्गको विवरण सच्याउन, अद्यावधिक वा नामसारी गर्न तथा सो सम्बन्धमा थप सहजता प्रदान गर्न कम्पनीले अन्य आवश्यक कार्यहरु अगाडि बढाइरहेको परिप्रेक्ष्यमा आगामी दिनमा कम्पनीले थप जानकारीहरु उपलब्ध गराउने छ ।

दूरसञ्चार कार्यालयहरुबाट ग्राहकको विवरण अद्यावधिक÷नामसारी गर्ने तथा नाम सच्याउने कार्य प्राथमिकताका साथ गर्ने तयारी भइरहेको हुनाले आगामी हप्तादेखि थप प्रभावकारी रुपमा सो सेवा ग्राहकहरुलाई उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ ।

प्रकाशित मिति : २०७७ माघ ६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।