२०८३ भाद्र ११ गते बिहिवार

तुलसीपुर उपमहानगरपालिका द्धारा चार महिनामा ४३ करोड बजेट खर्च

तुलसीपुर, २ माघ । तुलसीपुर उपमहानगरपालिका कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा झन्डै साढे ४३ करोड बजेट खर्च गरेको जनाएको छ । कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गदै ४३ करोड ४२ लाख ६ हजार रुपैया खर्च भएको जानकारी दिएको हो ।

उपमहानगरले २ अर्ब १२ करोड ७१ लाख २ हजार बजेट विनियोजित गरेकोमा कात्तिक सम्म उक्त बजेट खर्च भएको सुचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ माघ २ गते शुक्रवार
प्रतिक्रिया